Breaking

प्रदेश-१ का मुख्यमन्त्री राईसहित ३ जनामा कोरोना संक्रमण


काठमाडौँ — प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्रकुमार राई कोरोना संक्रमण भएका छन् ।

कोभिड संक्रमणका कारण मुख्यमन्त्री राईसँगको भेटघाट लगायत सबै कार्यक्रम हाललाई स्थगित गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री राईसहित उनका परिवारका सदस्यहरू, सचिवालयका सदस्यहरू, निवासका सुरक्षाकर्मी, कर्मचारीहरूलगायत १६ जनाको सोमबार पीसीआर परीक्षण गर्दा मुख्यमन्त्रीसहित तीन जनामा कोभिड संक्रमण देखिएको हो ।

पीसीआर परीक्षण गर्दा मुख्यमन्त्री राई की पत्नी शोभा पाठक र उनका राजनीतिक सल्लाहकार जीवन राईसहित तीन जनामा कोभिड पोजेटिभ देखिएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए । उनका अनुसार मुख्यमन्त्रीसहित तीनै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।