राजनीति

पार्टीबाट निलम्बनमा परेका थापाको रिटमाथि आज सुनुवाइ हुने


काठमाडौँ – पूर्व राष्ट्रिय जनमोर्चाका सांसद कृष्णबहादुर थापाको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।
थापाले पार्टीले आफूलाई असंवैधानिक तरिकाले हटाएको भन्दै सांसद पद पुनःस्थापना गरिपाउँ भनी शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए। उनको रिटमाथि आज सुनुवाइ हुन लागेको हो।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्तावमा पार्टीको निर्णय भन्दा बाहिर गएर थापले मुख्यमन्त्री गुरुङलाई समर्थन जनाएका थिए । जसका कारण थापालाई जनमोर्चाले कारवाही गरेको थियो । त्यसैको फलतः पार्टीको सिफारिसमा सभामुखले थापालाई सांसद पदबाट मुक्त गराएका थिए ।