Breaking

पश्चिम रुकुमको चौरजहारीमा माओवादी विजयी


काठमाडौँ — कांग्रेस र एमालेको गठबन्धनलाई तोड्दै रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

आज बिहान सार्वजनिक अन्तिम मतर परिणाम अनुसार नगरप्रमुखमा पुष्प वादी र उपप्रमुखमा इश्वरी शर्मा ९विएम० विजयी भएका हुन् ।

नगरप्रमुखमा विजयी माओवादी केन्द्रका पुष्प वादी ६८८२ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमबहादुर वलीले ६३११ मत पाए । उनीहरुबीचको मत अन्तर ५७१ छ ।

यसैगरी उपप्रमुखमा माओवादी केन्द्रकी इश्वरी शर्मा (विएम) ७ हजार २ मत सहित विजयी भइन् । उनले नेकपा एमालेका उम्मेदवार टंक प्रसाद ओलीलाई १ हजार २५८ मतले पछि पारिन् । ओलीले ५७४४ मत पाए ।

चौरजहारी नगरपालिकाका अधिकांश वडाहरु पनि माओवादी केन्द्रले जितेको छ । नगरपालिकाका १४ वटा वडाहरुमध्ये वडा नम्बर ६ र ९ मा कांग्रेस र अन्य सबैमा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् ।