पर्यटन

पर्यटन व्यवसायीको तीन बुँदे माग सम्बोधन नभए सडक संघर्ष गर्ने चेतावनी (भिडियोसहित)


काठमाडौँ – अन्य सबै क्षेत्र खुला गरे पनि सरकारी वेवास्ता र केहि व्यतिmको नीजि स्वार्थका कारण पर्यटन क्षेत्र अझै शिथिल अवस्थामा रहेको भन्दै पर्यटन व्यवसायीहरुको गुनासो छ । विदेशी पर्यटक प्रवेशमा तत्काल नीति परिमार्जन नगरे आफुहरु सडक संघर्षमा उत्रन बाध्य हुने उनीहरुले चेतावनी नै दिएका छन् ।

कोरोना संक्रमणको दर कम भए पश्चात केहि चलायमान बनेको छ । तर विदेशी पर्यटकमा निर्भर नेपालको पर्यटन क्षेत्र भने अझै सुनशान छ । पर्यटक केन्द्रित व्यापार व्यवसाय सबै ठप्प छ । सर्वाेच्च शिखर सगरमाथा अवस्थीत नेपाल भ्रमणमा आउन चाहाने विश्वभरका पर्यटकहरु पखाईमा छन् । तर विदेशी पर्यटक प्रवेशमा सरकारले जारी गरेको झन्झटिलो प्रक्रियाका कारण पर्यटन क्षेत्रले अझै गति लिन नसकेको व्यवसायीहरुको तर्क छ ।

यवसायीहरुले पर्यटन क्षेत्र प्रभावकारी रुपमा अगाडि बढाउन अन अराइभल भिषाको व्यवस्था, क्वारेन्टाइन जस्ता झञ्झटिलो प्रक्रिया तत्काल हटाउन माग गरेका छन् । नेपाल भ्रमणका लागि सुरक्षित भएको सन्देश दिई पूर्ण भ्याक्सिन लगाईसकेका, पिसिआर रिर्पार्ट नेगेटिभ भएका पर्यटकलाई नेपाल प्रवेश गराउने वातावरण बनाउन सरकारको ध्यानकर्षण गराएका छन् ।


अझै पनि पर्यटन क्षेत्र खुलाउन सरकारले पहल नगरे र आफुहरुले उठाएको माग सम्बोधन नभए सडक संघर्षमा जान आफुहरु बाध्य हुने व्यवसायीहरुको चेतावनी छ ।

नयाँ सरकार गठन भएको दुई महिना पुरा हुँदा पनि पर्यटन क्षेत्रले विभागीय मन्त्री पाउन सकेको छैन । विभागीय मन्त्रीको अभावमा पर्यटन क्षेत्रमा समस्याहरु थप गिजोलिँदै गएका छन् । सरकारका माथिल्लो तहका पदाधिकारीहरुले नै पर्यटनलाई नजरअन्दाज गर्दा आफूहरु परिणामविहिन् बनेको नेपाल पर्यटन बोर्डको बुझाई छ ।

कोरोना संक्रमणकै बीच विश्वका अधिकांश मुलुकहरुले पर्यटन क्षेत्रलाई प्राथमिकताका साथ अघि सारेको छ । छिमेकी मुलुकहरुले समेत पर्यटक आवगमनमा कुनै रोकतोक लगाएको छैन । तर नेपालमा भने सरकारी संयन्त्रको कमजोरीका कारण हजारौँ पर्यटक नेपाल भ्रमणबाट बञ्चीत बनेका छन् ।