बिजनेस

नेप्से परिसूचक उच्च अंकले घट्यो, कारोबार रकममा पनि देखिएन उल्लास


काठमाडौँ – सातको दोस्रो कारोबारको दिन सोमबार नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचक उच्च अंकले घटेको छ । सोमबार नेप्से ६९ दशमलव ५१ अंकले घटेर २ हजार ५८७ दशमलव ४५ विन्दुमा झरेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ४३ अंकले घटेको छ ।

सोमबार दिनभर भएका ४० हजार ४ सय १ कारोबारबाट ८७ लाख ७६ हजार ३३७ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब ९६ करोड ६८ लाख ९९ हजार ७ सय ९१ रुपैयाँमा रोकिएको छ ।

आज व्यापारबाहेक सबै समूहको शेयर घटेको छ । बैंकिङ समूहको शेयर ३८ अङ्कले, विकास बैंकको एक सय ६७, होटलको ८८, फाइनान्सको ९८, माइक्रोफाइनान्सको एक सय ८५ र जलविद्युत् समूहको शेयर एक सय दुई अङ्कले घटेको छ । यस्तै उत्पादन समूहको शेयर एक सय ७७ अङ्कले, जीवन बीमा समूहको तीन सय ५८ अङ्कले, निर्जीवन बीमा समूहको चार सय २७ र अन्य समूहको शेयर ३३ अङ्कले घटेको छ