समाचार

नेप्सेमा ४१ अंकले गिरावट


काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज ४१ अंकको गिरावट आएको छ ।

कारोबार समयदेखि घट्न थालेको नेप्से परिसूचक ४१ अंक ओरालो लागेर बन्द भएको हो ।

आज नेप्सेमा १ अर्ब ५३ करोड रुपैयाँ बराबरको ३८ लाख ७६ हजार कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबार भएका सबै १३ वटै समूहमा गिरावट आएको छ ।