Breaking

नेपाली खेलकुदको भविष्य जोगाउन सरकारलाई प्रशिक्षक अल्मुताइरीको अनुरोध


काठमाडौँ — नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली खेलकुदको भविष्य जोगाउन सरकारलाई अनुरोध गरेका छन् । पछिल्लो समय नेपाली फुटबल खेलाडीहरू अस्ट्रेलिया पलायन भइरहेको समयलाई इंगित गर्दै उनले विदेश जाने खेलाडीहरू दोषी नभएको बताएका हुन् ।

आफ्नो भविष्य राम्रो बनाउन नेपाल छाडेर विदेश गएका खेलाडीहरूलाई म दोष दिन सक्दिनँ । नेपाली खेलकुदको भविष्य जोगाउन केही गर्न सरकारलाई विनम्र अनुरोध गर्दछु, अल्मुताइरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

उनले खेलकुदको भविष्य जोगाउन सरोकारवाला निकायहरूले ५ देखि ७ जनाको टिम नै बनाएर समस्या समाधानको विषयमा सोच्नु पर्ने बताए । ‘

नेपाली खेलकुदको भविष्य जोगाउनको लागि ५ देखि ७ जनासम्मको टोली तुरुन्तै रोडम्याप बनाउन खेलकुद मन्त्री, खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र महासंघलाई विनम्र अनुरोध गर्दछु,’ अल्मुताइरीले लेखेका छन् ।