Breaking

नारायणगढ-मुग्लिन सडक खुल्यो


काठमाडौँ — अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक पुनस् सञ्चालनमा आएको छ ।

१७ किलोमा पहिरो गएर अवरुद्ध भएको सडक बिहान सवा ११ बजेदेखि दुईतर्फी रूपमा सञ्चालनमा आएको हो ।

सडक आज बिहान ८:२० बजेदेखि अवरुद्ध बनेको थियो । सडक अवरुद्ध हुँदा सडकमै रोकिएका सवारी साधन गन्तव्यतिर पठाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । सडक अवरुद्ध हुँदा दशैंको टीका र आशीर्वाद थाप्न हिँडेकाहरू अलपत्र परेका थिए ।