देश

नाडाको अध्यक्षका लागि करण चौधरीको उम्मेद्वारी घोषणा


काठमाडौँ – सिजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स एशोसियएसको आगामी अध्यक्षका लागि उम्मेद्वारी घोषणा गरेका छन् । चौधरी हाल नाडाको कार्य समितिमा उपाध्यक्ष छन् । नाडा सातवटै प्रदेशमा विस्तार भइसकेको छ ।

सबै प्रदेश संरचनालाई अझै व्यवस्थित र बलियो बनाइ नाडालाई संस्थागत रुपमा दरिलो गरी अगाडि बढाउने उनको उद्देश्य रहेको बताएका छन् । उनले सरकार र व्यवसायी दुवैको हितमा काम गर्ने सहज वातावरण बनाउने उद्देश्यमा उम्मेद्वारी दिएको नाडाले जनाएको छ । नाडाको वर्तमान अध्यक्ष कृष्णप्रसाद दुलाल छन् ।