बिजनेस

दोहारो अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि


काठमाडौँ – दुई सातादेखि निरन्तर रुपमा गिरावट आएको शेयर बजार मापक नेप्से परिसूचक सोमबार ३२ अंकले सुधार देखिएको छ । आज दिनभरी उतार चढावका बीच नेप्से परिसूचक ३२.२२ अंकले वृद्धि भएर २ हजार ५४६.०८ अंक पुगेको छ । आइतबार नेप्से परिसूचक ७२.३२ अंकले घटेर २ हजार ५१३.८७ अंकमा झरेको थियो ।

आज कारोबारमा आएका २२७ कम्पनीको ९४ लाख ७१ हजार ३११ कित्ता शेयर ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबारको तुलनामा कारोबार रकम पनि वृद्धि भएको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.६१ प्रतिशत, फ्लोट इण्डेक्स १.३४ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५९ प्रतिशत वृद्धि भएको छ ।

आइतबार १३ वटै उपसमूहको परिसूचकमा गिरावट नेप्से सोमबार भने सबै उपसमूहमा हरियाली छाएको छ । जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा बढी ३.४५ प्रतिशतले बढेको छ । आज सबैभन्दा बढी १७ करोड १५ लाख ९३ हजार रुपैयाँ नबिल बैंकको कारोबार भएको छ ।