कोरोना विशेष

देशभर ३१५ संक्रमित थपिए, दुई जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टा थप ३१५ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि ११ हजार ८१० जनाको नमूना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ९३८६ जनाको पीसीआर परीक्षण गर्दा २७२ जना र २४२४ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा संक्रमण देखिएको थियो। त्यस्तै एकैदिन दुई जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५४५ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा ३०४ जना संक्रमित कोरोनामुक्त भएका छन् । मन्त्रालयका अनुसार ६ हजार ३५२ जना सक्रिय संक्रमित रहेका छन् ।