कोरोना विशेष

देशभर १ हजार २८२ संक्रमित थपिए, १ हजार २६२ डिस्चार्ज


काठमाडौँ – पछिल्लो २४ घण्टामा १ हजार २८२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १५ हजार ४८८ को कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९७५ र एन्टिजेन विधिबाट गर्दा ३०७ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कारोनाले ज्यान गुमाउनेको कुल संख्या ११ हजार १०३ पुगेको छ । त्यस्तै आज थप १ हजार २६२ जना संक्रमणमुक्त भएका छन् । हाल सम्म कोरोनामुक्त हुनेको संख्या सात लाख ६२ हजार ४१६ रहेको छ । नेपालका हाल सक्रिय संक्रमित १८ हजार ८४८ रहेका छन् ।