कोरोना विशेष

थप ३१२ जनामा कोरोना संक्रमण, दुईको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टाको अवधिमा ३१२ जनामा कोरोना भाइरसको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार १०३ जनाको पिसीआर परीक्षण गर्दा २५६ जना र तीन हजार ५९० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५६ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

त्यस्तै सोही अवधिमा ९११ जना संक्रमणमुक्त भएका छन् भने दुई जनाको मृत्यु भएको छ । हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन् ।