समाचार

तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौँ – मनसुन सक्रिय हुनबित्तिकै सुरु भएको झरी अझै पनि जारी छ । अहिले प्रदेश १, प्रदेश २ र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस क्रममा तीनवटा प्रदेशमा भारी तथा एउटा प्रदेशमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाद्वारा सोमबार बिहान ६ बजे जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै यस क्रममा प्रदेश १, प्रदेश २ र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षा तथा प्रदेश १ का एक दुइ स्थानमा धेरै भारी वर्षा हुने सम्भावना पनि छ ।

यस्तै राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नम्बर १, बागमती, र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्टयाङसहित भारी वर्षाको सम्भावना छ।