विदेश

ताइवानको प्रतिरक्षामा अमेरिका


काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले ताइवानमाथि आक्रमण गरेमा अमेरिका ताइवानको प्रतिरक्षामा उत्रिने बताएका छन् । ताइवानमाथि चीनले बढाउँदै लगेको दबावबारे सोधिएको प्रश्नमा राष्ट्रपति बाइडेनले भने यस्तो बताएका हुन् ।
राष्ट्रपति बाइडेनको यो भनाइलाई अमेरिकाले लामो समयदेखि अवलम्बन गर्दै आएको चीन सम्बन्धि नीतिको प्रस्थान बिन्दु मानिएको छ । ताइवानलाई आफ्नो अभिन्न अंग मान्ने चीनले ताइवानमाथि थप दबाव बढाएमा अमेरिकाले सैन्य कदम चाल्न सक्ने संकेतको रुपमा पनि यसलाई विश्लेषण गरिएको छ । राष्ट्रपति बाइडेनले चीनसँगको द्वन्दको विषयमा आफू चिन्तित नरहेको भन्दै चीन, रुस र बाँकी विश्वलाई अमेरिकी सेना नै सवैभन्दा शक्तिशाली हो भन्ने राम्रोसँग थाहा रहेको बताए ।