Breaking

डेङ्गुबाट मुत्यु हुनेको संख्या ३६ पुग्यो, २७ हजार नाघ्यो संक्रमित


काठमाडौँ — देशभर डेंगु संक्रमितको संख्या २७ हजार नाघेको छ । यो वर्ष मात्र डेङ्गु संक्रमणबाट ३६ जनाको मृत्यु भईसकेको छ । तर डेंगु नियन्त्रणमा सरकारको प्रयास प्रभावकारी नबन्दा अवस्था थप भयवह बन्ने त होइन त्रास समेत बढेको छ ।
लामखुट्टेको टोकाइबाट सर्ने डेंगु संक्रमण थप भयवह बन्दै गएको छ । हिमाली जिल्ला मुस्ताङ बाहेक देशका ७६ वटा जिल्लाका २७ हजार ५ सय ६९ हजार बढि सर्वसाधरण डेंगु संक्रमित भइसकेका छन भने ३२ जनाको मृत्यु भइसकेको छ । प्रदेश गत रुपमा बाग्मति प्रदेशर जिल्ला गत रुपमा काठमाडौँ, ललितपुर, मकवानपुर दाङ लगायतकाजिल्ला डेंगुको उच्च जोखिममा छ । जम्मा संक्रमितमध्ये २० हजार बढि बाग्मति प्रदेशका छन । बाग्मति प्रदेशमा सेप्टेम्बर महिनामा मात्र झन्डै १७ हजार मानिसमा डेंगु संक्रमित भएका छन । सरकारले डेंगु नियन्त्रण तथा जोखिमकम गर्न स्थानीय तहसँग समन्वय चेतनामूलक कार्यक्रम साथै ‘खोज र नष्ट गर’ अभियानलाई तिव्रता दिइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक पाँच सय भन्दा बढी डेंगुका विरामी आइरहेका छन । अस्पतालको इमरजेन्सी, ओपिडि देखि आइसियु वार्डसम्मै डेंगुका विरामी उपचारमा छन । अस्पतालको प्यासेजमा समेत वेड राखेर विरामीको उपचार भईरहेका छ । डेंगुको अवस्था भयवह भइसकेको विशेषज्ञहरुको अनुमान छ । चिकित्सकहरु डेंगु संक्रमित भएकावा लक्षण देखा परेमा एक पटक जसरी पनि चिकित्सकको मागएर आफ्नो स्वास्थ्य परीक्षण गराउन सुझाव दिन्छन् ।
ज्वरो आउने,अत्याधिक टाउको र शरीरको मांशपेशी दुख्नु, शरीरमा साना खटिरा आउने, वाक-वाक लाग्ने/बान्ता हुने, आँखाको गेडी दुख्ने, खानामा अरुचि ,ज्वरो आएको अवस्थामा नाक तथा गिजाबाट रक्तश्राव हुने र छालामुनि रक्तस्राव हुनु आदि डेंगुका लक्षण हुन् । डेंगु फैलाउने लामखुट्टे विहान, दिउँसो र साँझपख,बढी संक्रियहुने भएकोले संक्रमित हुने सम्भावना पनि सोहि समयमा बढी हुन्छ । यस समयमा लामखुट्टेको टोकाइबाट बच्न सतर्क रहन चिकित्सकको सुझाव छ ।