देश

ट्राफिक प्रहरीले चोरी भई भेटिएका मोटरसाईकल सम्बन्धित धनीलाई बुझायो


काठमाडौँ – ट्राफिक प्रहरीले विभिन्न समयमा चोरी भई भेटिएका २३ वटा मोटरसाईकल सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज विभिन्न समयमा चोरी भई भेटिएका २३ वटा मोटरसाईकल आफ्नै कार्यालयमा सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको हो । लकडाउनपछि खोजी गरि भेटिएका मोटरसाईकलहरु मंगलबार सम्बन्धित सवारी धनीलाई बुझाइएको एसएसपी जनक भट्टराईले जानकारी दिनुभयो ।

हस्तान्तरण गरिएका २३ मध्ये १२ वटा पल्सर मोटरसाईकल र ११ वटा अन्य कम्पनीका रहेका छन् । एसएसपी भट्टराईले आफूहरु सवारी साधन चोरी हुनै नदिने अभियानमा लागि परेको पनि बताउनुभयो । महाशाखाले १५ दिन अघि पनि ५० वटा चोरी भएका मोटरसाईकल फेला पारी धनीलाई बुझाएको थियो ।

एसएसपी भट्टराईले हालसम्म चोरी भएका मोटरसाईकल करि ७० प्रतिशत मात्रै भेटने गरेको पनि जानकारी दिनु भयो । महाशाखाले हाल काठमाडौं उपत्यका र त्यस वरपरका जिल्लामा मात्रै हराएको मोटरसाईकलको खोजी गर्दै आएको छ । अव भने त्यसको दायरा देशभर पु¥याउने योजना बनाइएको एसएसपी भट्टराईले बताउनु भयो ।