Breaking

जोरपाटीमा निस्केको मिथेन ग्यास कति हानिकारक ? (भिडियोसहित)


काठमाडौँ – काठमाडौँको जोरपाटीमा पानीको बोरिङ खन्दा एक्कासी विस्फोटसहित ग्यास निस्कीएपछि जन जीवन त्रसित बनेको छ । मंगलबार बिहान १० बजे जोरपाटीबाट सुन्दरीजल जाने बाटोमा रहेको सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा लेदोसहित पानी र ग्यास निस्किए पछि घण्टौ कोलाहल मच्चियो ।

आसपासका स्थानीय त्रसितमात्रै भएनन् झ्यालढोका बन्द गरेर घरबाटै भागे । हामी रिपोर्टिङमा पुग्दै गर्दा पनि भागदौड मच्चिदै थियो ।ग्याससहितको लेदो निस्किएर पटकपटक विस्फोटको आवाजसहित यत्रतत्र छरिएपछि छेउछाउका व्यापारी पनि पसल वन्द गरेर हिडेका छन् । घर धनि सन्तवीरको परिवार पनि तितरवितर भयो । एक्कासी विस्फोटसहित ग्यास निस्किएको आशंकामा प्रहरीले छेउछाउमा आगो नबाल्न उर्दि जारी गर्यो ।

पानीका लागि खनिएको बोरिङ तीनसय फिट तल जमिनमुनि पुगेपछि एक्कासी विस्फोट भएको हो । बोरिङ धसाउदै जादा विस्फोटभई लेदोसहित ग्यासको मुस्लो निस्कीएपछि स्थानीय आतंकित बनेकाछन् अचानक रुपमा विस्फोट भएको आवाज आएपछि कसलै गाडिको टाएर पड्किएको अनुमान गरे भने कसैले गाडिनै दुर्घटनामा पर्यो कि भन्दै घरबाट चिहाउने थाले,तर त्यतिन्जले सन्तविरको घरबाट निस्किएको ग्याससहितको मुश्लोले घरको धुरी नाघिसकेको थियो ।

लेदोसहितको ग्यासको गन्ध आएको सो क्षेत्रमा अहिले प्रहरी तैनाथ गरी पहारा दिइएको छ । ग्यासको जस्तो गन्धसहित विस्फोट भएर तीनतलाको घरमाथि पुगेको मुश्लोले आकासै ढाकेको छ ।जमिनमुनि भसाइएको सानैे पाइपको आकारबाट निस्किएको मुश्लो माथि पुगेर कुइरीमण्डल भएको देखिन्छ । बोरिङ खन्दा एक्कासी विस्फोटभएपछि सो क्षेत्रका घर र नजिकमा राखिएका मोटरसाइकल हिलाम्मे भएकाछन । जोरपाटीमा बोरिङ खन्दा ग्यास निस्किएको विषयले विहानै तंरङ ल्यायो । सामाजिक संञ्जाल र सञ्चार माध्यममा समाचार छयापछ्याती भयो । विहान १० देखि दिउसो २ बजेसम्म निरन्तर एउटै गतिमा ४ घण्टा ग्याससहितको मुश्लो निस्किएपछि नजिकका आतंकित भए टाढाका रमित हेर्न जम्मा हुँदै थिए । विस्फोट भएर गन्धसहित लेदोमाटोको फोहोरा निस्किएपछि भुगर्भविद्को टोली पनि घटनास्थालमा पुगेकोछ । काठमाण्डौमा बोरिङ धसाउदा ग्यास निस्किएको घटना पहिलो भने होइनन् । यस अघि पनि कपन, बुढानिलकण्ठ, कुपण्डोल लगायतका क्षेत्रमा ग्यास निस्किएको थियो । जोरपाटीमा अहिले निस्किएको मिथेन ग्यास हो ।

काठमाडौँमा ा मिथेन ग्यासको ठूलै भण्डार रहेको यस अघिनै अध्यनले देखाइसकेको छ । एक्कासी जमिनबाट विस्फोट भएर ग्यास निस्किएको खण्डमा तत्काल नरोकिउन्जेल पर्खिने र पछि शिल गर्ने चलन छ । अध्यनले काठमाण्डौ तालको रुपमा विकसित भएको र यहाको फोहोर पातपंतिङगर कुहिएर जमिनमा दबिने र त्यहीबाट सिर्जित ग्यास बोरिङ गर्ने क्रममा बेलाबेलामा निस्किदा यस्तो घटना हुने गरेको छ । बोरिङ गर्ने क्रममा निश्किएको ग्यासको मुश्लो कति समयसम्म रहन्छ भन्ने यकिन गर्ने अवस्था नरहेको अध्यन टोलीको निश्कर्ष छ ।यस अघि भएका घटना कुनै एकाध घण्टा र केही ५÷७ घण्टा सम्म निरन्तर मुश्लो निस्किने गरेको पाइन्छ । जमिन मुनि कति ग्यास जम्मा भएको छ त्यसैको अनुपातमा जमिन बाहीर निश्किने गरेको अध्यन टोलिको भनाईछ । बेला बेलामा हुने यस्ता घटना केही छिनलाई समाचार र रमिता बनेको छ तर राज्यले यसको महत्व नबुझ्दा प्रचुर संम्भावनका स्रोतहरुलाई माथि बाट बिर्को लगाएर बन्द गर्न बाहेक केही गरेको देखिदैन । हैन भने जमिन मुनिबाट निस्किीएको मिथेन ग्यासलाई जनताको चुलोमा पुर्याउन सके नत भारतको मुख ताक्नु पर्थो नत ग्यासको लागि सर्वसाधारणले घण्टौ लाईन बसेर मंहगो मूल्यनै तिर्नुपथ्र्यो । सरकारले अहिले सम्म फगत ग्यास र पेट्रोलको संभावित क्षेत्र भनेर एउटा साइनबोर्ड झुण्ड्याउन बाहेक त्यो भन्दा बढी उपलव्धी गरेको देखिदैन् ।