राजनीति

जसपा गुट–उपगुटको पार्टी : अध्यक्ष ठाकुर


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) गुट–उपगुटको पार्टी रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले आरोप लगाएका छन् । उनले लोसपा सानो गुट भन्नेहरुलाई ‘पहिले आफ्नो घरमा नियाल्न’ सुझाव दिएका छन् ।

लोसपा प्रदेश नम्बर–२ संसदीय दलको बैठकमा सहभागी हुन शनिबार जनकपुरधाम पुगेका ठाकुरले एमसीसी संसद्मा आएपछि मात्र आफ्नो पार्टीको आधिकारिक धारणा आउने बताएका छन् । साथै, हाल सरकारमा सहभागी हुने विषयमा कुनै छलफल नभएको पनि बताए । बिहान ११ बजेका प्रदेश नम्बर–२ मा लोसपाले संसदीय बैठक बोलाएको छ । ठाकुरको प्रमुख आतिथ्यमा हुने उक्त बैठकबाट नै संसदीय दलका नेता चयन गरिने छ ।

प्रदेश नम्बर २ मा जसपाका ५५ सांसदमध्ये मात्र १६ सांसदले लोसपा रोजेका छन् । जसमध्ये चार सांसद दलका नेताको आकांक्षी छन् ।