देश

चुनाव लागेसँगै चार्टर उडानको बिजनेसमा भ्याइनभ्याई


काठमाडौँ — यतिखेर निजी हेलिकप्टर कम्पनीहरूलाई चार्टर उडानको बिजनेस लिन भ्याइनभ्याई छ । चुनाव लागेसँगै ह्वात्तै बढेको बिजनेसले व्यवसायीहरू मक्ख छन् । चुनाव प्रचारप्रसारका लागि राजनीतिक पार्टी र तीनका नेता तथा कार्यकर्ताहरूले हेलिकप्टर चार्टरको डिमान्ड बढाउन थालेसँगै निजी हवाई ९हेली० कम्पनीहरूको बिजनेस ह्वातै बढ्न गएको हो । यसैको परिणाम पछिल्लो समय दैनिक ४ दर्जन हाराहारीमा चार्टर हेली उडान हुने गरेको नेपाल वायुसेवा सञ्चालक सङ्घ एओएनको भनाइ छ ।

११ वटा कम्पनीका २४ देखि २८ वटा हेलिकप्टरले दैनिक सदर ४० देखि ५० वटासम्म चार्टर्ड फ्लाइट गरिरहेको सङ्घका प्रवक्ता योगराज कँडेलले जानकारी दिए । राजधानी केन्द्रीतसँगै क्षेत्रिय स्तरमा सञ्चालित ११ वटा निजी कम्पनीहरूमा एयर डाइनेस्टीको ४ वटा हेलिकप्टरले अहिले चार्टर उडान गरिरहेको छ । यस्तै प्रभु हेलिकप्टरले पनि ४ वटै फ्लाइटबाट नियमित चार्टर उडान भरिरहेको छ । यस्तै, सिम्रिक एयरले ५ वटा मध्ये ३ वटा हेलिकप्टर सञ्चालन गरिरहेको छ भने, कैलाश हेलिकप्टरले ३ वटा, श्री एयरलाइन्सले २ वटा, अल्टिच्युड एयरले २ वटा, एभरेष्टले २ वटा र फिस्टेलले २ वटा हेलिकप्टर सञ्चालन गरिरहेको छ ।