Breaking

घोराहीमा एमाले १२ सयभन्दा बढी मतले अगाडी, पछि पर्‍यो गठबन्धन


काठमाडौँ – दाङको घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनलाई पछि पार्दै नेकपा एमालेले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेको छ ।

पछिल्लो साढे ११ बजेसम्मको मतपरिणाम अनुसार घोराहीमा गठबन्धनको अग्रता तोड्दै एमाले १ हजार २१९ मतले अगाडि छ । एमालेका मेयर उम्मेदवार नरूलाल चौधरीले ११ हजार ४६० मत ल्याएका छन् भने गठबन्धन तर्फबाट माओवादीका हेमराज शर्मा (डायमण्ड)ले १० हजार २४१ मत ल्याएका छन् । एमालेका चौधरीले मतान्तर बढाउँदै लगेका छन् । यसअघि घोराहीमा गठबन्धनले अग्रता कायम गर्दै आएको थियो ।

उपप्रमुख पदमा पनि गठबन्धनको उम्मेदवारलाई पछि पार्दै एमालेले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेको छ । एमालेबाट उपप्रमुखमा उम्मेदवार बनेकी हिमा डिसीले ११ हजार १३८ मत प्राप्त गरेकी छन् । गठबन्धनबाट कांग्रेस उम्मेदवार भुपबहादुर डाँगीले १० हजार ९४८ मत प्राप्त गरेका छन् । अहिले डाँगी र डिसीबीच १९० मतान्तर छ ।