खेलकुद

खेलाडीको विवादको विषयमा छानबिन गर्न तीन सदस्यीय टोली गठन


काठमाडौँ — राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग खेलाडीको विवादको विषयमा छानबिन गर्न एन्फाले तीन सदस्यीय टोली गठन गरेको छ । आज आइतबार सातदोबाटो स्थित एन्फा मुख्यालयमा बसेको कार्यसमिति बैठक पूर्व नेपाली अन्तर्राष्ट्रिय तथा नेपाली सेनाका सेवानिवृत्त मेजर जनरल भिक्टर राणाको संयोजकत्वमा, पूर्व नेपाली अन्तर्राष्ट्रिय विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा रहेको छानबिन टोली टोली गठन गरेको हो । मुख्य प्रशिक्षक अल्मुताइरीसँग आधारभूत आवश्यकताको विषयमा कुरा उठाउँदा खेलाडीसँग खटपट भएको भन्दै १० खेलाडीले प्रशिक्षण छोडेका थिए । त्यसपछि खेलाडीहरूले एन्फालाई छानबिनका लागि आग्रह गरेका थिए ।