खेलकुद

किन तनाव दिइयो राष्ट्रिय फुटवल टोलीका प्रशिक्षक अलमुताइरीलाई ? राजीनामा फिर्ता होला ? (भिडियोसहित)


काठमाडौँ – राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सामाजिक संजालमार्फत आइतबार राजीनामा दिने घोषणा गरेसँगै नेपाली फुटबल क्षेत्र आश्चर्यमा पर्यो । पछिल्लो पटक राष्ट्रिय टोलीले केहि आशालाग्दो प्रदर्शन गरेपछि उनको चर्चा झनै चुलिएको थियो । तर खेलकुद क्षेत्रमा छिरेको राजनीतिले उनी टिक्न सकेनन् ।

नेपाली फुटवल प्रशिक्षक अब्दुल्लाह अलमुताइरी पछिल्लो समय नेपालकै सामाजिक संजालमा चर्चित पात्र मध्येमा पर्छन् । नेपाली फुटबल समर्थकमाझ प्रिय बनेका उनी आफ्नो व्यक्तिगत समय समर्थक माझ रहेर पनि व्यतित गर्दै आएका छन् । पछिल्लो पटक राष्ट्रिय टोलीले केहि आशालाग्दो प्रदर्शन गरेपछि उनको चर्चा झनै चुलियो । उनले टोलीको हारपछि आफ्ना खेलाडीको बचाउमा दिएको अभिव्यक्तिले चौतर्फी प्रशंसा पाएको थियो । तर तिनै प्रशिक्षक अलमुताइरीले राजीनामा दिने घोषणा गरे सँगै नेपाली फुटवल क्षेत्रमा तहल्का नै मच्चीएको छ । अलमुताइरीले उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण राजीनामा दिन बाध्य भएको घोषणा गरेका गरेका थिए ।

तर उपाध्यक्ष नेम्वाङले आपूmमाथि आक्षेप लगाउने षडयन्त्र भएको प्रतिक्रिया दिएका छन् । उनले आरोप पुष्टि भए आफुले तत्कालै राजीनामा दिन तयार भएको बताएका छन् ।

अखिल नेपाल फुटबल संघका प्रवक्ता किरण राईले आधिकारिक रुपमा प्रशिक्षकको राजीनामा नआएको बताए । प्रवक्ता किरणका अनुसार प्रशिक्षक तनाबमा रहेको र आराम गर्न चाहेको भन्दै एन्फामा पुगेको बताएका छन् ।

अखिल नेपाल फुटबल संघले गत चैतमा कुवेतका प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक अलमुताइरीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । एएफसी कोचिङ इन्स्ट्रक्टर समेत रहेका अब्दुल्लाहलाई एन्फाले एक वर्षको लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिएसँगै नेपालले कुवेतमा विश्वकप छनौटका ३ खेल खेलिसकेको छ भने इराकसँग एक मैत्रिपूर्ण खेल पनि खेलेको छ ।

साफ च्याम्पियनसिपलाई मध्य नजर गर्दै उनकै प्रशिक्षणमा नेपालले बन्द प्रशिक्षणमा रहेर तयारी गरिरहेको छ । यद्यपि साफ च्याम्पियनसिपको आयोजना कहाँ हुने यकिन भैइसकेको छैन् ।