समाचार

किड्नी ट्रान्सप्लान्ट गर्न २ वर्षसम्म कुर्नुपर्ने बाध्यता कहिले हट्छ ? (भिडियोसहित)


काठमाडौँ – संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिले डाएलाईसिस मेसिन तत्काल थप गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार सिंहदरवारमा बसेको समितिको बैठकले डाएलाईसिस मेसिन थप गर्ने योजना तत्काल कार्यान्वयनमा ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।

नेपालमा प्रत्येक वर्ष ३ हजार मानिसको किड्नी फेल भएको विवरण आइरहेको हुन्छ । तर,पाँच वटा मात्रै उपचार गर्ने अस्पताल भएकोले किड्नी ट्रान्सप्लान्ट गर्नका लागि पनि २ वर्षसम्म कुर्नुपर्ने बाध्यता रहेको छ ।

डाइलाईसिस गर्नका लागि आवश्यक्ता अनुसारको सर्भिस सेन्टर पनि प्रशस्त छैन् । शिक्षा तथा स्वास्थ्य समितिकी जयपुरी घर्तीले छिटो भन्दा छिटो डाएलाईसिस गर्ने किड्नी ट्रान्सप्लान्ट गराउने कुरामा तत्काल ध्यान दिन पनि मन्त्रालयलाई निर्देशन दिइन। किड्नी फेल हुने समस्या नेपालीहरुमा धेरै पाइएकोले यसलाई कसरी कम गर्ने भनेर अध्ययन गर्न आवश्यक रहेको भन्दै सभापति घर्तीले क्यान्सर, औलो र किड्नी ट्रान्सप्लान्टको उपचारको लागि विशेष अस्पतालहरु बनाउन पनि सुझाव दिइन् ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले डाएलाईसिस, किड्नी र क्यान्सरजस्ता रोगहरुको उपचारका लागि समयमै व्यवस्थापन गर्न नसके ठूलो महामारी व्यहोर्नुपर्ने बताए । उनले बताए। सरकारले थोरैमा दुईसय देखि तीनसय वटा डाएलाईसिस बनाउनुपर्ने योजना बनाएको पनि उनले बताए । उनले ट्रान्सप्लान्ट र डाएलाईसिसमा ६ महिना भित्र ठूलो परिवर्तन हुने दाबी समेत गरे ।

सरकारी अस्पताललाई अब पनि सुधार गर्न नसके ठूलो दुर्घटना हुनसक्छ । त्यसैलेजिल्लादेखि प्रदेशसम्म डाइलाईसिस सेन्टर बनाउनुपर्ने र यसलाई सर्वसुलभ बनाउन आवश्यक छ ।