Breaking

कांग्रेसले उमेदवार टुंगो लगाउन बोलायो कार्यसम्पादन समिति बैठक


काठमाडौँ — सत्तारूढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । स्थानीय तह निर्वाचनका लागि उमेदवारको टुंगो लगाउन बैठक बोलाइएको हो । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि यही वैशाख ११ र १२ गते उमेदवारी दर्ता गर्नुपर्ने छ ।

सोही समयसीमालाई मध्येनजर गर्दै बैठक बोलाइएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पौडेलकाअनुसार बैठक शुक्रबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।