मनोरञ्जन

ओस्कार विजेता सिडनीको निधन


काठमाडौँ – सिनेमाको दुनियाँमा इतिहास रच्न सफल अभिनेता सिडनी पोइटियरको निधन भएको छ । उनको बिहीबार ९४ वर्षको उमेरमा निधन भएको हो । उनले ओस्कार अवार्ड जितेका थिए ।

उनको निधन भएको बहामियनको परराष्ट्र मन्त्रालयले शुक्रबार जानकारी दिएको हो । अभिनेता सिडनीको लस एन्जेलिसस्थित आफ्नै निवासमा निधन भएको हो ।