समाचार

एम्बुलेन्सबाट ९० किलो गाँजा बरामद


काठमाडौँ – सिरहामा एम्बुलेन्सबाट ९० किलो गाँजा बरामद भएको छ । सोमबार राति लहानबाट प्रहरीले लागुऔषधसहित एम्बुलेन्स चालकलाई पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा को. १ च. ७५७७ नम्बरको एम्बुलेन्सलाई खानतलासी गर्दा ९० किलो गाँजा र २८ हजार रुपैयाँ बरामद भएको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमार मैनालीले जानकारी दिए । उनका अनुसार एम्बुलेन्स पश्चिमबाट पूर्वतर्फ जाँदै थियो ।

एम्बुलेन्स चालक सिरहा धनगढीमाई नगरपालिका ९ का सरोज लामालाई नियन्त्रणमा लिएको छ । एम्बुलेन्स र चालकमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।