राजनीति

उपयुक्त अवसर पाए राजनीतिमा आउन सक्छु : पारस खड्का


काठमाडौँ – नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले आफूले उपयुक्त अवसर पाए राजनीतिमा समेत आउनसक्ने बताएका छन् । तर, क्रिकेट व्यवस्थापन भएमात्रै त्यसका लागि आफूले सोच्ने पारसको भनाइ छ ।

आज पत्रकार सम्मेलन गर्दै पूर्वकप्तान खड्काले सही राजनीतिले संस्थालाई अगाडि बढाउन सके आफू त्यसमा सकारात्मक भएको बताए ।

खड्काले एक महिनाभित्र आफूले आफ्नो क्रिकेट एकेडेमी समेत सञ्चालनमा ल्याउन लागेको बताए ।