राजनीति

उद्योगमन्त्री गजेन्द्र हमालद्वारा राजीनामा दिने घोषणा


काठमाडौँ – नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने घोषणा गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आएका हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताउनुभएको हो ।
स्वविवेक प्रयोग गरेर राजीनामा दिने निर्णयमा पुगेको हमालले बताउनुभयो । देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान समेत हुनुहुन्छ ।