राजनीति

आफ्ना जनप्रतिनिधिलाई राष्ट्रियसभा निर्वाचनमा मतदान नगर्न राप्रपाको आह्वान


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्ना स्थानीय तहका जनप्रतिनिधि र प्रदेशसभा सदस्यलाई राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदान नगर्न आह्वान गरेको छ ।

राप्रपाले आज विज्ञप्ति जारी गरी प्रदेश नम्बर–१ बाहेक अन्यत्र आफ्नो पार्टीका उमेदवार नभएको भन्दै उमेदवार नभएका प्रदेशमा मतदान नगर्न आह्वान गरेको हो । राप्रपाले प्रदेश–१ मा भने आफ्ना उमेदवारलाई मतदान गन ह्वीप नै जारी गरेको छ ।

भोलि हुने राष्ट्रियसभाको निर्वाचनमा प्रदेश नम्बर–१ मा अम्बरबहादुर बिष्ट र रञ्जु प्याकुरेल राप्रपाको तर्फबाट उम्मेद्वार रहेका छन् ।।