विदेश

अमेरिकालाई चीनको प्रत्युत्तर, ताइवानमा शान्ति भंग हुनसम्ने चेतावनी


काठमाडौँ – चीनले ताइवान मामिलामा कुनै पनि सम्झौता या छुट दिने कुनै ठाउँ नरहेको बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसअघि चीनले हमला गरेमा अमेरिकाले ताइवानको रक्षा गर्ने बताएका थिए ।

बाइडेनको उक्त अभिव्यक्तिको जवाफ दिदैं चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले ताइवानका विषयमा बोल्दा अमेरिकाले शब्द चयनमा सतर्कता अपनाउनुपर्ने बताए । उनले ताइवानका विभाजनकारीलाई गलत संकेत दिन नहुने बताए । यस्तो अवस्था निर्माण भएमा अमेरिका र चीनको सम्बन्धमा क्षति पुग्ने र ताइवानमा शान्ति तथा स्थिरता भंग हुनसक्ने चेतावनी समेत दिएका छन ।