Breaking

अध्यक्ष केपी शर्मा ओलीले मेसिनबाट गरे रोपाइँ


काठमाडौँ — बुधबार राष्ट्रिय धान दिवसको अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भक्तपुरको सिरुटारमा आयोजित रोपाइँ महोत्सवमा सहभागी भएका छन् ।

त्यस क्रममा उनले मेसिनमार्फत धान पनि रोपेका छन् । पूर्वप्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्य पनि रोपाइँ महोत्सवमा पुगेकी थिइन् । रोपाइँ महोत्सवमा ओलीले छोटो सम्बोधन पनि गरेका थिए ।