Breaking

विभिन्‍न चार देशका लागि नियुक्त राजदूतहरुले लिए सपथ


काठमाडौं — विभिन्‍न चार देशका लागि नियुक्त भएका राजदूतहरुले बिहीबार सपथ लिएका छन् । कतारका लागि नेपाली राजदूत डा. नरेशविक्रम ढकाल, चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ, अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल र इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।

सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि उनीहरुलाई केही दिनअघि राष्ट्रपति भण्डारीले राजदूत र स्थायी प्रतिनिधिमा नियुक्त गरेकी थिइन् । सपथ समारोहमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।