Breaking

बालुवाटारमा आगलागी


काठमाडौँ – काठमाडौँको बालुवाटारस्थित सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी भएको छ । अहिले दमकलको सहायताले आगो निभाउने काम जारी छ ।

आज बिहान करिब ६ बजेदेखि आगलागी भएको हो । सुरुमा काठमाडौँ महानगरपालिकाको दमकल आगो निभाउन आएको थियो तर त्यसले काम गरेन । त्यसपछि प्रहरीको दमकलको सहयताले आगो निभाउन थालिएको छ ।

आगलागीको कारण र त्यसले पुर्‍याएको क्षतिको थप विवरण आउन बाँकी छ ।