स्वदेश फर्किएपछि सन्दीप भने : ‘कथा सकिएको छैन, विस्तारै सुरु हुँदै छ’

स्वदेश फर्किएपछि  सन्दीप भने :  ‘कथा सकिएको छैन, विस्तारै सुरु हुँदै छ’

काठमाडौँ -  इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको १३ औं संस्करणमा सहभागी भएर नेपाली राष्ट्रिय टिमका सदस्य सन्दीप लामिछाने स्वदेश फर्किएका छन् ।

दिल्ली क्यापिटल्सका खेलाडी सन्दीप बिहीबार बिहान नेपाल आइपुगेका हुन् । युएईमा भएको आईपीएलमा दिल्लीले फाइनलसम्म पुग्दा १७ खेल खेल्दा सन्दीपले एक खेल पनि खेल्न पाएनन् । मंगलबार भएको फाइनलमा दिल्लीलाई ५ विकेटले पराजित गर्दै मुम्बई इन्डियन्सले उपाधि जितेको थियो ।

क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-२० खेल्न जुलाई अन्तिममा वेष्ट इन्डिज पुगेका सन्दीप उतैबाट आईपीएल खेल्न युएई गएका थिए । सन्दीप तीन महिना भन्दा बढी समयपछि नेपाल फर्किएका हुन् । 

बिहीबार स्वदेश फर्किएका लामिछानेले ट्विट गर्दै एक खेल पनि खेल्न नपाए पनि आफ्नो खेल जीवन नसकिएको बरु सुरुवात भइरहेकोतर्फ संकेत गरेको बुझ्न सकिन्छ ।