अनमोल र सुहानाको ‘ए मेरो हजुर ३ युट्युबको ट्रेनिङमा

अनमोल र सुहानाको ‘ए मेरो हजुर ३ युट्युबको ट्रेनिङमा

काठमाडौँ  - अनमोल केसी र सुहाना थापाको शीर्ष भूमिका रहेको फिल्म ‘ए मेरो हजुर ३’  युट्युबको ट्रेनिङको शीर्ष स्थानमा पर्न सफल भएको छ । बुढा सुब्बा म्युजिक डिजिटल प्रालिबाट गत ४ नोभेम्बरमा सार्वजनिक फिल्म अहिले युट्युब ट्रेनिङको शीर्ष स्थान ओगट्न सफल भएको हो । 

फिल्मले युट्युवमा छोटो समयमा ५० लाख बढी भियुज पाउँदै  शीर्ष स्थान ओगट्न सफल भएको हो । अर्थात ट्रेनिङ १ मा पर्न सफल भएको छ । फिल्मले २ लाख बढी लाइक समेत पाएको छ । फिल्ममा अनमोल र सुहानाका अलावा सलोन बस्नेतको पनि शीर्ष भूमिका छ । झरना थापा निर्देशित यो फिल्ममा एक सुपरस्टारको कथा समेटिएको छ । फिल्ममा अनमोलले सुपरस्टारको भूमिका निभाएका छन् भने सुहाना फ्यानको भूमिकामा छिन् ।

यसको सफलतासँगै अनमोल र सुहानालाई लिएर निर्देशक झरना थापा नयाँ फिल्म ‘ए मेरो हजुर ४’ को निर्देशनमा जुटेकी छिन् । फिल्ममा सुनील थापाको लगानी रहनेछ ।