लोकान्तरबाट ध्रुवहरि अधिकारी अलग

लोकान्तरबाट ध्रुवहरि अधिकारी अलग

काठमाडौँ  - वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी ‘लोकान्तर डट्. कम्’ अन्लाइनको अध्यक्षको जिम्मेवारीबाट अलग भएका छन् । उनले अलग हुने आफ्नो निर्णयको सूचना शुक्रवार लोकान्तरका सम्पादकलाई दिएका थिए ।

२०७३ साल वैशाखमा प्रकाशन शुरू भएको लोकान्तरका उनी संस्थापक अध्यक्ष हुन् । अधिकारी अब स्वतन्त्र पत्रकारको रूपमा क्रियाशील रहने बताइएको छ ।