राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले दसैंको टीका नलगाइदिने

राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले दसैंको टीका नलगाइदिने

काठमाडौँ  - कोरोना भाइरसको महामारीका कारण यस वर्षको दसैंमा पूर्वराजा ज्ञानेन्द्र शाह, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् ।

पूर्वराजाले शनिबार औपचारिकरुपमै टीका नलगाइदिने घोषणा गरिसकेका छन्, भने राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयले त्यस्तो औपचारिक घोषणा गर्न बाँकी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसका कारण सर्वसाधारणलाई टीका नलगाउने तयारी गरिरहेको शीतलनिवासले जनाएको छ । त्यस्तै प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने तयारी गरेका छन् । कोरोना भाइरसका कारण सामाजिक दुरी कायम गर्नुपर्ने भएकोले यो वर्ष सर्वसाधारणलाई टीका लगाउने तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले पनि यस वर्षको दसैँमा कोरोना भाइरसका कारण पूर्वराजा ज्ञानेन्द्रले शालीन र सादगी रुपमा दसैं मनाउने तयारी गरेका छन् ।