चोमु शेर्पा 'खुशी' को म्युजिक भिडियो ‘कामना छ’ सार्वजनिक (भिडियोसहित)

चोमु शेर्पा 'खुशी' को म्युजिक भिडियो  ‘कामना छ’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ -  गीतकार तथा नवगायिका चोमु शेर्पा 'खुशी'को  पहिलो  म्यूजिक भिडियो  ‘कामना छ’  सार्वजनिक भएको छ।  आइतबार खुसि ईन्टरटेन्मेन्ट नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

उक्त गीतमा  उदियमान गायिका शेर्पाको शब्द रहेको  गीतमा डिबि (सर्वश्रेष्ठ)ले म्युजिक भरेका छन् ।  राजु कार्कीको एरेन्ज रहेको गीतलाई किङ्ग रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको थियो । म्युजिक भिडियोमा  भुवन सिङ राई, सारा राई र गायिका शेर्पाले अभिनय गरेका छन् । भिडियोको छायाङ्कन र सम्पादन किरण राईले  गरेका छन् ।