आईपीएल टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबादको तेस्रो जित

आईपीएल टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबादको तेस्रो जित

काठमाडौँ - सनराइजर्स हैदराबादले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ । 

दुबईमा बिहीबार राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ६९ रनले पराजित गर्दै हैदराबादले तेस्रो जित निकालेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको पन्जाब १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३२ रनमा समेटियो । 

हैदराबादका लागि ओपनरद्वय जोनी बेयरस्टो र कप्तान डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले । बेयरस्टो ९७ रनको अर्धशतकीय इनिङ्स खेल्दा वार्नर ५२ रनमा आउट भए ।

पहिलो विकेटका लागि बेयरस्टो र वार्नरले १ सय ६० रनको साझेदारी गरेका थिए । जितसँगै हैदराबादले ६ खेलमा ६ अंक जोडेको छ । हैदराबाद तालिकाको तेस्रो स्थानमा समेत उक्लिएको छ । पन्जाबको यो पाँचौ हार हो । ६ खेलमा २ अंक जोडेको पपन्जाब पुछारमा रहेको छ ।