सर्वसाधारण भन्छन्, यसपालिको दशैँ घरैमा मनाउने हो !

सर्वसाधारण भन्छन्, यसपालिको दशैँ घरैमा मनाउने हो !

काठमाडौँ - बडादशैँको महत्त्वपूर्ण दिन भोलि विजयादशमी । कोरोना संक्रमणका कारण यसपालि दशैँको रौनक देखिएको छैन । सर्वसाधारण पनि घरमै बसेर सामान्य किसिमले दशैँ मनाउने बताउँछन् ।

विजयादशमी नजिकिँदै गर्दा यसपटक गाउँशहरमा बडादशैँको रौनक देखिएको छैन । कोरोना संक्रमणका कारण सर्वसाधारण त्रासमा रहेका कारण विगत वर्षजस्तो रौनक नदेखिएको हो । सरकारले स्वास्थ्य सुरक्षा अपनाएर बडादशैँ मनाउन पटकपटक आग्रह गरिरहेको छ ।  सर्वसाधारण पनि यसपालि अनावश्यक चमकधमक गर्ने पक्षमा छैनन् । स्वास्थ्य सचेतना अपनाएर सामान्य किसिमले चाड मनाउने उनीहरूको भनाइ छ ।

संक्रमणको त्रासका कारण कतिपय भने यसपटक आफन्तकहाँ नगई घरमै दशैँ मनाउने मनस्थितिमा छन् । संक्रमणका वेला अनावश्यकरूपमा ओहोरदोहोर गर्दा जोखिम हुने भएकाले सतर्कता अपनाउनुपर्ने उनीहरूको भनाइ छ । संक्रमणको कहरबाट जोगिन सकिए दशैँ त अर्को वर्ष पनि आउने उनीहरूको तर्क छ ।

कोरोना संक्रमणको कहरका कारण सर्वत्र त्रास छ । त्यसैले यस्तो वेला अनावश्यक ओहोरदोहोर गर्नुको साटो घरमै बसेर चाडपर्व मनाउनु र परिवारमै रमाउनु बुद्धिमानी हुने देखिन्छ ।