राप्रपा अध्यक्ष थापा कोरोना संक्रमणमुक्त

राप्रपा अध्यक्ष थापा कोरोना संक्रमणमुक्त

काठमाडौँ –  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा कोरोना संक्रमणमुक्त भएका छन् । १० दिनसम्मको उपचारपछि उनी आइतबार ओम अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण भएपछि चाबहिलस्थित ओम अस्पतालमा उपचार गराइरहेका थापा आइतबार डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज पश्चात थापाले उपचारमा संलग्न चिकित्सक, नर्ससहित सबै स्वास्थकर्मी, अस्पताल सञ्चालक र अस्पताल व्यवस्थापन समिति तथा कर्मचारी सबैमा धन्यवाद व्यक्त गरेका छन् । असोज २८ गते अध्यक्ष थापालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो ।