काठमाडौँ उपत्यकामा थपिए १ हजार ५३५ कोरोना संक्रमित

काठमाडौँ उपत्यकामा थपिए १ हजार ५३५ कोरोना संक्रमित

काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ५३५ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका १ हजार २२५ जना, भक्तपुरका १६३ जना र ललितपुरका १४७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ८५६ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ ।