काठमाडौँ उपत्यकामा थपिए ३ हजार १०७ कोरोना संक्रमित

काठमाडौँ उपत्यकामा थपिए ३ हजार १०७ कोरोना संक्रमित

काठमाडौँ  -  पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार १०७ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका २ हजार ३९१  जना, भक्तपुरका १७३ जना र ललितपुरका ५४३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७४३ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ ।