थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि

थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ  -  नेपालमा बुधबार थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप ५ हजार ७४३ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताउनुभयो ।

होम आइसोलेसनमा २९ हजार ८००  र संस्थागत आइसोलेसनमा १४ हजार ४७६ रहेको छ । अहिले देशका विभिन्न आइसोलेसनमा ४४ हजार ४७६ जना संक्रमित उपचाररत छन् । गत २४ घण्टामा २ हजार ९९६ जना डिस्चार्ज भएका छन् भने आजसम्म डिस्चार्ज हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ । 

आज कोरोना भाइरस कोभिड - १९ बाट थप २६ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ७ सय ९१ पुगेको छ । बुधबार पीसीआर विधिबाट २० हजार ११८ जनाको कोरोना परीक्षण भएको छ ।  अहिलेसम्म  १३ लाख ३४ हजार ८९७ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभरीका विभिन्न क्वारेन्टाइनमा ४ हजार ६५ जना रहेका छन् ।