औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिछ : प्रधानमन्त्री

औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिछ :  प्रधानमन्त्री

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताउनुभएको छ । 

‘अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल, २०१५’ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले स्थिरता र स्थायित्वका नाममा संविधान संशोधन नरोकिने बताउनुभएको हो । 

व्यवहारिक रुपमा संविधान अपूर्ण रहेको देखिएमा संविधानको संशोधन गर्न सकिने उहाँको भनाई छ । जनताको आवश्यकता र समयको मागअनुसार परिवर्तनको गतिलाई अगाडी बढाउन पनि संशोधन आवश्यक पर्न सक्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । संविधान दिवसको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले प्रणालीगत, संरचनागत र कानूनी पक्षका हिसाबले पनि जनता र देशको आवश्यकता अनुसार संशोधन गर्न सकिने बताउनुभयो । 

प्रधानमन्त्री ओलीले आवश्यक देखिएमा संविधान संशोधनका लागि सबै तयार हुनुपर्ने बताउनुभयो । पाँचौ संविधान दिवसको अघिल्लो दिन प्रधानमन्त्री ओलीले ६४६ पृष्ठको ‘अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल, २०१५’ पुस्तक विमोचन गर्नुभएको हो ।