सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ – शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९७ हजारमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुन प्रतितोला ९६ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यसैगरी चाँदीको मूल्य पनि शुक्रबार तोलामा १० रुपैयाँले वृद्धि भई प्रतितोला १ हजार ३३० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन तोलामा ९०० रुपैयाँले घटेर प्रतितोला ९६ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो । बिहीबार चाँदीको मूल्य घटेर प्रतितोला १ हजार ३२० रुपैयाँ तोकिएको थियो ।