हास्य कलाकार देवीराम पराजुली ‘भोक लाग्यो’ कोरोना मुक्त

हास्य कलाकार देवीराम पराजुली  ‘भोक लाग्यो’ कोरोना मुक्त

काठमाडौँ – हास्य कलाकार देवीराम पराजुली  ‘भोक लाग्यो’ कोरोना संक्रमणमुक्त भएका छन् । दुई साताअघि संक्रमण उनलाई कारोना पोजेटिभ देखिएको थियो । कोरोना संक्रमित हुँदा देवीरामले फेसबुकबाट आफुलाई कोरोना भएको जानकारी गराएका थिए र अहिले कोरोना मुक्त हुँदा पनि फेसबुकबाटै जानकारी गराएका हुन् ।

उनले फेसबुक मार्फत कोरोना मुक्त भएपछि  ‘मलाई फेसबुक, टेलिफोन, पत्रपत्रिका मार्फत सुस्वास्थ्यको कामना गर्नु हुने तपाई तमाम आमा, बुबा, दाजु, भाइ, दिदी बहिनी, साथी, संगी, इष्टमित्र, पत्रकार, कलाकार सम्पूर्ण महानुभावप्रति हार्दिक आभार ब्यक्त गर्दै हार्दिक धन्यवाद व्यक्त गर्दछु । आइ एम वेल नाउ अर्थात म अहिले ठिक छु ’ भनेर जानकारी गराएका छन् ।