मलमास के हो ? भुलेर पनि नगर्नुस मलमासमा यि कार्यहरु

मलमास के हो ? भुलेर पनि नगर्नुस मलमासमा यि कार्यहरु

काठमाडौँ – ज्योतिष शास्त्रअनुसार २०७७ साल असोज २ गते (आज)बाट मलमास सुरु भएको छ । मासको अर्थ महिना हो । यस वर्ष असोज २ गते शुक्रबारदेखि ३० गते शुक्रबारसम्म मलमास अथवा अधिकमास परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । खासमा यसको नाम मलमास नभएर अधिकमास पनि हो त्यस्तै यसलाई पुरुषोत्तम मास पनि भनिन्छ । ज्योतिषीय गणनाअनुसार एक वर्ष ३६५ दिनको हुन्छ । वर्षमा सौर र चान्द्रमास हुन्छन् । दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउँछ । एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास भनिन्छ ।

मलमासमा गर्न नहुने भनिएका केही कार्य निम्नानुसार छन् ।

–अधिकमास लाग्नुअघि नगएका तीर्थमा यस महिनामा पहिलो पटक जान र दर्शन नगरेका देवताको दर्शन गर्नु शुभ मानिँदैन ।

–मलमासमा मन्दिर निर्माण गर्न तथा कुनै देवीदेवताको प्राणप्रतिष्ठा गर्न पनि शास्त्रीय निषेध छ ।

–विशेष कामनाले गरिने एकाह, सप्ताह, नवाह, लक्षहोम, कोटिहोम, श्रौतयाग, स्मार्तयागजस्ता कर्म अधिकमासमा गर्नु हुँदैन भनिएको छ । यद्यपि पुरुषोत्तम महात्म्य लगाउने भनेकै यही महिनामा हो र यसबाट मोक्षसम्म मिल्नसक्ने बताइएको छ ।

–गृहारम्भ, गृहप्रवेश, लाखबत्ती प्रज्वलन, पुराण श्रवणलगायत कुनै कामना राखेर गरिने काम गर्नु हुँदैन । यद्यपि निष्काम भावले गरिने यस्ता कर्म गर्न कुनै बाधा छैन । 

नव दम्पतीले मलमासमा गर्न नहुने केही कार्य निम्नानुसार छन् ।

–विवाह गरेको एक वर्ष पूरा नभएका पतिपत्नीबीच यौनसम्पर्क भए पतिको आयु क्षीण हुन्छ । यसको अर्थ पुराना दम्पतीलाई  छुट हुन्छ भनिएको होइन ।

–यो अवस्थामा गर्भ रहे सन्तान स्वस्थ जन्मँदैन र गर्भ रहेर बच्चा जन्मिए पनि आयु थोरै हुन्छ भन्ने धार्मिक विश्वास छ ।

–नयाँ दम्पती मलमासभर एउटै घरमा बस्न नहुने र एउटै धाराको पानी पिउन नहुने शास्त्रीय मान्यता छ ।