लामो प्रतीक्षापछि नेपालले खरिद गरेका दुई रेल आज जनकपुर आउँदै

लामो प्रतीक्षापछि नेपालले खरिद गरेका दुई रेल आज जनकपुर आउँदै

काठमाडौँ - लामो प्रतीक्षापछि जनकपुर(जयनगर रेल आज नेपाल सरकारलाई हस्तान्तरण हुँदै छ ।

भारतको सरकारी कम्पन्नी कोकण रेलवेज कर्पोरेसन लिमिटेडले बनाएको रेल जनकपुरमा आज बिहान साढे ११ बजे औपचारिक रुपमा रेल विभागलाई हस्तानतर गर्न लागिएको हो ।

रेल विभागका अधिकारीहरुको विषेश उपस्थिति तथा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा रेल हस्तान्तण हुने कार्यक्रम छ ।

बिहीबार भारतको जयनगरस्थित आफनै स्टेशनमा आइपुगेको रेल बिहान साढे ११ बजे जनकपुर आइपुग्ने र हस्तान्तरण हुने कार्यक्रम रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो  ।

जनकपुर–जयनगर रुटमा चलाउन नेपाल सरकारले भारतको सरकारी कम्पन्नी कोकण रेलवेज कर्पोरेसनसँग दुईसेट रेल भ्याटसहित झण्डै १ अर्बमा खरिद गरेको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताउनु भयो ।